Revision 26565 of "दुर्गानन्द झा" on newiktionary==शहीद दुर्गानन्द झा==
दुर्गानन्द झ्ाको जन्म १९९९ साल वैशाख १४ गते धनुषामा आमा सुकुमारी देवी झ्ाको गर्भबाट भयो। बाबु देवनारायण झ्ा उनी सानो छँदै बितेका रहेछन्। दुर्गानन्द सानैदेखि राम्रो फूटबल खेलाडी थिए र राम्रो गीत पनि गाउँथे। नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकोले उनी माध्यमिक तहको अध्ययनको लागि भारतको उँमगाउँको एउटा विद्यालयमा भर्ना भए।
महेन्द्रका विरुद्ध आन्दोलनमा भाग लिन १८ वर्षेका दुर्गानन्द झ्ा जानकी मन्दिर नजिक सेना र गुप्तचरका आँखा छल्दै ग्रिनेड प्रहार गर्न सफल हुन्छन्। राजा महेन्द्र चढेको ल्याण्डरोभर गाडीको पछाडिपट्टि सामान्य क्षति हुन्छ, राजालाई केही हुँदैन। दुर्गानन्द झ्ा भोलिपल्ट भारतमा रहेको सशस्त्र क्याम्पमा पुग्दछन्। यता दुर्गानन्दका परिवार, आफन्त, इष्टमित्र, छरछिमेक, काङ्ग्रेस नेता लगायत ५६ जनालाई पक्राउ गरी ठूलो यातना दिइन्छ। दुर्गानन्द आफन्त, इष्टमित्रले पाएको यातनाबाट अति दुःखी हुन्छन् र तत्कालीन सरकारलाई चिट्ठी लेख्दै भन्छन्, मेरो कारणले अरूलाई दुःख नदिनू, म कसैलाई दुःख दिन, रुवाउन जन्मेको मान्छे होइन। मार्ने भए मलाई मार जति दुःख दिए पनि मलाई दिनू, म गिरफ्तारी दिन्छु। मलाई लगेर मार्यौ भने पनि नेपालको प्रजातन्त्रको लागि एउटा युवाले बलिदान दिएको सन्देश जान्छ। यस्तो भन्दै दुर्गानन्द गिरफ्तारी दिन्छन्।
२०२० साल माघ १४ गते उनले आमा र श्रीमतीलाई केही बेर भेटे र भने, नरुनुहोस् आमा, कुनै दिन तपाईंलाई दुर्गानन्द झ्ाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन्। श्रीमतीलाई पनि त्यसैगरी सान्त्वना दिएछन्। भोलिपल्ट माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रूखमा दुईपल्ट झ्ुण्ड्याउँदै उतार्दै गरिन्छ। त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो।
दुर्गानन्दको सानै उमेरमा कामिनीदेवी झ्ासँग विवाह भको थियो
[[as:{{PAGENAME}}]]
[[bh:{{PAGENAME}}]]
[[bn:{{PAGENAME}}]]
[[en:{{PAGENAME}}]]
[[gu:{{PAGENAME}}]]
[[hi:{{PAGENAME}}]]
[[kn:{{PAGENAME}}]]
[[ks:{{PAGENAME}}]]
[[ml:{{PAGENAME}}]]
[[mr:{{PAGENAME}}]]
[[or:{{PAGENAME}}]]
[[pa:{{PAGENAME}}]]
[[pi:{{PAGENAME}}]]
[[sa:{{PAGENAME}}]]
[[sd:{{PAGENAME}}]]
[[ta:{{PAGENAME}}]]
[[te:{{PAGENAME}}]]
[[ur:{{PAGENAME}}]]All content in the above text box is licensed under the Creative Commons Attribution-ShareAlike license Version 4 and was originally sourced from https://ne.wiktionary.org/w/index.php?oldid=26565.
![]() ![]() This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|