Difference between revisions 5876 and 6125 on newikibooks

'''वाच्य''' (voice )

नेपालीमा वाच्य निम्नलिखित तिन प्रकारका हुन्छन् ः
कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य ।

== कर्तृवाच्य ==

वाक्यमा कर्तालार्इ प्रधान मान्ने (अर्थात् कर्ता जुन लिङ्ग, वचन र पुरुषमा छ क्रिया पनि त्यही लिङ्ग, वचन र पुरुषमा हुने) व्याकरणात्मक युक्तिलार्इ कर्तृवाच्य भनिन्छ । कर्तृवाच्य दुर्इ प्रकारका हुन्छन्, जस्तै-

(क) '''सकर्मक कर्तृवाच्य''' - सकर्मक क्रिया भएकाे कर्तृवाच्यलार्इ सकर्मक कर्तृवाच्य भनिन्छ, जस्तै - ''राम पुस्तक पढ्छ'' । यहाँ '''पढ्नु''' क्रिया '''सकर्मक''' हाे भने '''पुस्तक''' त्यसकाे कर्म हाे ।

(ख) '''अकर्मक कर्तृवाच्य''' - अकर्मक क्रिया भएकाे कर्तृवाच्यलार्इ अकर्मक कर्तृवाच्य भनिन्छ, जस्तै - ''राम लड्याे'' । यहाँ '''लड्नु''' क्रिया अकर्मक भएकाले याे वाक्य अकर्मक कर्तृवाच्य हाे ।
 
== कर्मवाच्य ==
कर्मलार्इ प्रधान मान्ने अथवा कर्म जुन लिङ्ग, वचन, पुरुष र अादरमा हुन्छ क्रिया पनि साेही लिङ्ग, वचन, पुरुष र अादरमा हुने व्याकरणात्मक युक्तिलार्इ कर्मवाच्य भनिन्छ ।
[[category:नेपाली व्याकरण]]