Difference between revisions 6125 and 6126 on newikibooks'''वाच्य''' (voice ) नेपालीमा वाच्य निम्नलिखित तिन प्रकारका हुन्छन् ः कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य । == कर्तृवाच्य == वाक्यमा कर्तालार्इ प्रधान मान्ने (अर्थात् कर्ता जुन लिङ्ग, वचन र पुरुषमा छ क्रिया पनि त्यही लिङ्ग, वचन र पुरुषमा हुने) व्याकरणात्मक युक्तिलार्इ कर्तृवाच्य भनिन्छ । कर्तृवाच्य दुर्इ प्रकारका हुन्छन्, जस्तै- (क) '''सकर्मक कर्तृवाच्य''' - सकर्मक क्रिया भएकाे कर्तृवाच्यलार्इ सकर्मक कर्तृवाच्य भनिन्छ, जस्तै - ''राम पुस्तक पढ्छ'' । यहाँ '''पढ्नु''' क्रिया '''सकर्मक''' हाे भने '''पुस्तक''' त्यसकाे कर्म हाे । (ख) '''अकर्मक कर्तृवाच्य''' - अकर्मक क्रिया भएकाे कर्तृवाच्यलार्इ अकर्मक कर्तृवाच्य भनिन्छ, जस्तै - ''राम लड्याे'' । यहाँ '''लड्नु''' क्रिया अकर्मक भएकाले याे वाक्य अकर्मक कर्तृवाच्य हाे । == कर्मवाच्य == कर्मलार्इ प्रधान मान्ने अथवा कर्म जुन लिङ्ग, वचन, पुरुष र अादरमा हुन्छ क्रिया पनि साेही लिङ्ग, वचन, पुरुष र अादरमा हुने व्याकरणात्मक युक्तिलार्इ कर्मवाच्य भनिन्छ । [[category:नेपाली व्याकरण]], जस्तै- हरिले रामलार्इ बाेलायाे (कर्तृवाच्य) → कर्मवाच्यहरू - १. हरिद्वारा ''केटाे'' '''बाेलाइयाे''' । All content in the above text box is licensed under the Creative Commons Attribution-ShareAlike license Version 4 and was originally sourced from https://ne.wikibooks.org/w/index.php?diff=prev&oldid=6126.
![]() ![]() This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|